२०८१ बैशाख १४ शुक्रबार

संरक्षणको पर्खाईमा रहेको छ झापा मेचीनगरको पाताल गंगा

मुक्ति पौडेल
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक धार्मीक महत्व बोकेको पाताल गंगा मन्दिर अहिले कसैको संरक्षणमा पर्खाईमा रहेको जस्तो छ ।

महाभारतकालिन किंवदन्तीसँग जोडिएको पाताल गंगाका बारेमा श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाको पनि कथा जोड्ने गरिन्छ । भौगोलिक हिसाबले मेचीनगरको उच्च भागमा रहेको पाताल गंगामा निरन्तरको पानी धाराको बहावले यसको नाम धार्मीक रुपमा पाताल गंगा बन्न पुगेको स्थानीय बताउँछन् । हिन्दू धर्मालम्वीहरुको आस्थाको रुपमा रहेको पाताल गंगाको धाराबाट आउने पानीलाई गंगाजलको रुपमा लिइने गरिन्छ ।

टोकला चिया बगान क्षेत्र भित्र रहेको पाताल गंगाको सर्वपक्षीय विकासका लागि सरोकारवाला पक्षहरुले चासो देखाउनु पर्ने बताउँछन् स्थानीय सामाजिक अगुवा राजेन्द्र ईदिङ्गो । उनका अनुसार पाताल गंगाको विकास र संरक्षणका लागि स्थानीय सरकार र स्थानीयको अग्रसरतामा गुरु योजना बनाएर यसलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उनको भनाई छ ।

मेचीनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गिरीराज धमलाका अनुसार पाताल गंगाको ऐतिहासिक र धार्मीक महत्वलाई मनन गरेर यसको संरक्षणमा सबैले चासो र अग्रसरता देखाउनु पर्ने उनको राय छ । पाताल गंगाको संरक्षणका लागि वडाले चासो राख्ने गरेको तर यतिले मात्र यसको विकास र प्रचारका लागि पर्याप्त नहुने भएकाले स्थानीय, प्रदेश र संघीय सरकारले समेत यसको अध्ययन र विकासका लागि ध्यान दिन जरुरी भएको धमला बताउँछन् ।

पाताल गंगाको विकास र संरक्षणका लागि सबैको ध्यान र चासो पुग्न जरुरी भएको स्थानीयको सुझाव छ ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 678 Views

ताजा समाचार