
भद्रपुर । जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको शव गृह जिल्ला झापा ल्याइएको छ । भद्रपुर नगरपालिका ८ फूलबारी टोल निवासी ६७ वर्षीया रहमानको शनिवार मध्यपुर ठिमी अस्पतालमा निधन भएको थियो । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा गएकी उनलाई हृदयाघात भएको थियो । त्यसपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । उनको शवलाई एम्बुलेन्समा हालेर आइतबार बिहान घर ल्याएको छ । उनको आज दिउँसो ३ बजे मुस्लिम धर्म अनुसार दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको दाहसंस्कार स्थलमा सुरक्षाकर्मीले सलामी दिने कार्यक्रम पनि रहेको जनाइएको छ ।
