२०८३ जेष्ठ २१ बिहीबार

अर्जुनधाराका विजय खोलामा मृत भेटिए

शनिश्चरे । झापा शनिश्चरेका पुराना ड्राइभर विजय रणपहेली (दर्जी) मृत भेटिएका छन् । अर्जुनधारा ७ निवासी दर्जी स्थानीय बाह्रदशी खोलामा आइतबार बिहान मृत भेटिएका हुन् ।

प्रहरी चौकी शनिश्चरेका अनुसार अर्जुनधारा-७ स्थित इथुङ्गे टोल नजिकै रहेको खोलामा दर्जी घोप्टो परेको अवस्थामा स्थानीयले फेला पारेका थिए । खोलामा डुबिरहेको देखेपछि स्थानीयले आज बिहान ७ बजे प्रहरीलाई खबर गरेका थिए । उनी केही दिनदेखि अस्वस्थ्य रहेको बताइएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब १० बजेतिर उनको खोलामा डुबी निधन भएको हो । छिमेकीको घरमा बस्दै आएका उनको स्वास्थ्य स्थिति खराब भएपछि २ दिनअघि स्थानीय हस्पिटलमा उपचार गराइएको थियो ।

५० वर्षीय दर्जीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 1 Minute 515 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।