२०८१ बैशाख ८ शनिबार

पूर्वसभामुखहरुकै भीडन्त, राष्ट्रपतिमा रामचन्द्र कि नेम्वाङ ?

यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति पदका लागि दुइ जनाको उम्मेदवारी दर्ता भएको छ, ८ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवार दर्ता गराए, पूर्व सभामुखको समेत अनुभव गरेका यी नेताबीच प्रतिस्पर्धा हुन लागेको हो ।

संयोग भनौ या परिस्थिति राष्ट्रपतिका दुबै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ पूर्व सभामुख हुन् । पौडेल २०५१ पौषदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । यस्तै उता एमाले उम्मेदवार नेम्वाङ पहिलो संविधान सभाको अध्यक्ष भएका थिए । २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म उनको पहिलो कार्यकाल रहेको थियो । २०७० मा भएको दोश्रो संविधान सभामा पनि उनी सभाध्यक्ष भएका थिए, नेम्वाङ २०७०फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल पूरा गरेका थिए, २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि संविधानसभा व्यवस्थापिकाको रुपमा रुपान्तरित संसदको सभामुख भएर नेतृत्व गरेका थिए ।

शनिबार निर्वाचन आयोगमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका रामचन्द्र पौडेलाई सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसहित ८ दलले सघाउने भएका छन् । उनलाई आफ्नो दल कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।८ दलको समर्थनमा राष्ट्रपतिको पदमा लागि उम्मेदवार बनेका पौडेलको जित सुनिश्चत भएको उनलाई समर्थन गर्ने दलहरुको दाबी छ ।

यसैगरी उता, राष्ट्रपतिका अर्का प्रत्याशी सुवासचन्द्र नेम्वाङलाई एमालेले अघि सारेको छ। जहाँ उनको दल एमाले बाहेक अन्य दलहरु खुलेका छैनन् । एमाले नेताहरुले भने १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएको एमालेको दाबी छ। पुरानै सहमति अनुसार एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेको एमालेले पौष १० कै सहमति अनुसार समर्थन हुने उसले विश्वास गरेका छ।

राष्ट्रपतिको चौथो कार्यकालका लागि यो प्रतिस्पधाृमा उत्रिएका दुबै उम्मेदवार सापेक्षमा विवादरहित र सरल स्वभावका पात्र हुन् ।दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेताको रुपमा चिनिन्छन्। यी दुबै नेता संसदीय राजनीतिमा अनुभव प्राप्त पात्र हुन्।मत भारको हिसाबले बलिया उम्मेदवार पौडेल देखिएपनि जीत कस्को हुन्छ भन्ने थाहा पाउन निर्वाचनको नतिजा नै कुर्नुपर्ला ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 317 Views

ताजा समाचार