२०८१ बैशाख २० बिहीबार

रामचन्द्र पौडेलले भेटे रास्वपा सभापति रविलाई, समर्थन गर्न आग्रह

काठमाडौं – नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् । तर लामिछानेले सहयोग गर्ने वा नगर्नेबारे स्पष्ट जवाफ नदिएको बताइएको छ ।लामिछानेले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई दिएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् भने रास्वपाले अहिलेसम्म केही निर्णय गरिसकेको छैन ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 1 Minute 235 Views

ताजा समाचार