२०८१ बैशाख ८ शनिबार

काँग्रेस वरिष्ठ नेता पौडेलले पनि दिए राष्ट्रपतिमा उम्मेदवारी

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनु भएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले सो पदमा उम्मेदवारी दिएकाहुन ।

सो अवसरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी थिए ।

यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवाष नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिनु भएको थियो । यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 1 Minute 216 Views

ताजा समाचार