२०८१ बैशाख ७ शुक्रबार

नेकपा एमालेले तत्काल सरकार नछाड्ने : प्रवक्ता पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्नेगरी अहिलेनै सरकारबाट नबाहिरिने निर्णय गरेको उनले बताए ।

साथै, एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ । उनले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार समेत गर्ने जानकारी गराएका छन् । शुक्रबार राति मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनका नेताहरू जम्मा भएर कांगेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने समझदारी भएको थियो। कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराउने औपचारिक निर्णय गरिसकेको छ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 197 Views

ताजा समाचार