नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई मत दिने दावी गरेका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पुस १० गते भएको सहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएको र त्यसमा माओवादीले साथ दिने दावी गरेका हुन् । उनले आफुसंगको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा आफुलाई दबाब आएको बताएको पनि उल्लेख गरे ।
अध्यक्ष ओलीले आठ दलका सवैले कांग्रेस उम्मेदवारलाई मत नदिने र दाहालले उनीहरुलाई चिया खान मात्रै बोलाएको तर्क समेत गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



