२०८३ जेष्ठ २२ शुक्रबार

टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । टर्कीमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४४ हजार २ सय र सिरियामा ६ हजारभन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पमा परी हजारौ मानिस घाइते र घरबारविहीन भएका छन् । टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन ध्वस्त र नराम्रोसँग चर्किएका छन् । फेब्रुअरी ६ मा टर्कीमा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 433 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।