२०८१ बैशाख १३ बिहीबार

टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । टर्कीमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४४ हजार २ सय र सिरियामा ६ हजारभन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पमा परी हजारौ मानिस घाइते र घरबारविहीन भएका छन् । टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन ध्वस्त र नराम्रोसँग चर्किएका छन् । फेब्रुअरी ६ मा टर्कीमा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 214 Views

ताजा समाचार