२०८१ बैशाख ७ शुक्रबार

सुवाष नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिए

 

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुगेर उनले राष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् ।

नेम्वाङको प्रस्तावका पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्वकर्मा र समर्थकमा नेता योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् । एमालेले पुुस १० गते भएको सहमती अनुसार सत्तारुढ दलहरुको तर्फबाट भन्दै राष्ट्रपतिमा उम्मेदवारको रुपमा नेम्वाङलाई उठाउने निर्णय गरेको थियो । उम्मेदवारी दर्तापछि नेम्वाङले आफू राष्ट्रपति हुने र जनताको राष्ट्रपतिको रुपमा काम गर्न प्रयास गर्ने प्रतिक्रिया दिए ।

उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आफूहरुले अनुभवी व्यक्तिलाई अगाडि सारेको र एमालेको उम्मेदवार सर्वत्र स्वीकार्य हुने बताए । उनले आठ दलिय गठबन्धन नवनेको दावी समेत गरे ।

अध्यक्ष ओलीले दलीय स्वार्थका लागि नभएर राष्ट्रिय हितका साथै संविधानको रक्षा र कार्यान्वयनका लागि एमाले अघि बढेको जिकिर समेत गरे । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङ प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 1 Minute 208 Views

ताजा समाचार