२०८१ मंसिर २५ मंगलवार

मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियानलाई तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तिब्रता दिएको छ । १० दिनसम्म सञ्चालन हुने हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिब्रता दिएको हो ।

मेचीनगरको १५ वटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन गरेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।

मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनको भनाई छ ।

२०७९ फाल्गुन १२, शुक्रबार प्रकाशित 0 Minutes 431 Views

ताजा समाचार