२०८१ बैशाख १५ शनिबार

मेचीनगर नगरपालिका: नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि छलफल सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि पहिलो चरणको छलफल सम्पन्न भएको छ ।

शुक्रबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसंग नगरपालिकाले छलफल गरेको हो ।

मेचीनगरमा उचित खानेपानीको व्यवस्थापन , बहुतले बसपार्क निर्माण, नगर अस्पताल व्यवस्थित सञ्चालन, स्टेडियम निर्माण, फोरमैला व्यवस्थापन, सडक निर्माण, पुल निर्माण र नदि कटान नियन्त्रणका लागि तटबन्धलगायतका बिषयमा आगामी दिनमा कसरी बजेट ल्याउने र त्यसलाई कसरी प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने भन्ने बिषयमा छलफल भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

मेचीनगरको सभाहलमा आयोजित छलफल कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, लेखा अधिकृत पदक बहादुर कार्की, लेखापाल राजन भेटवाल, नगर वित्तीय रणनीति तर्जुमा काठमाडौंका विज्ञ सदस्य हरिबोल काफ्ले, मेचीनगरका इन्जिनियर विजय भट्टराई, रोशन रिजाल, सब इन्जिनियर कमल प्रसाद शर्मा, युवा व्यवसायी हरी दाहाललगायतको सहभागीता रहेको थियो ।

२०७९ फाल्गुन १२, शुक्रबार प्रकाशित 0 Minutes 674 Views

ताजा समाचार