२०८१ बैशाख ८ शनिबार

सन्दीप शनिबार युएई जान नपाउने

काठमाडौं । सर्वोच्च अदालतले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न शनिबार युएई जान अनुमित नदिने भएको छ ।

महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर आइतबार पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। योसँगै सन्दीप शनिबार नेपाली क्रिकेट टोलीसँग युएई जान नपाउने भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो । लिग-२ को लागि नेपाली टोली शनिबार दिउँसो ५ बजे युएईतर्फ जार्दैछ । सन्दीप युएई जाने नेपालको टोलीमा छैनन् । यदि सन्दीपलाई अदालतले अनुमति दिएको अवस्थामा युएई लैजाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाउँदै आएको छ ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । एक महिनापछि सन्दीप नेपाल आएका थिए । काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीप ९९ दिन सुन्धरास्थित केन्द्रिय कारागारमा विताएका थिए ।

सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अर्को दिन सन्दीप छुटेका थिए । क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको थिएन । माघ १७ मा सन्दीपलाई थुनामै राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यलयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

क्यानले उक्त निलम्बन माघ १७ मा पोखरामा बसेको बोर्ड बैठकबाट हटाएको थियो । क्यानले माघ १९ मा सन्दीपलाई नेपाली टोलीमा क्याम्पमा राखेको थियो । माघ २६ मा सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा गरेको थियो ।

मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए । दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए । (हाम्रो खेलकुद) 

२०७९ फाल्गुन १२, शुक्रबार प्रकाशित 1 Minute 188 Views

ताजा समाचार