२०८१ बैशाख १५ शनिबार

अलपत्र योजना : कता गयो मेचीनगर-८को सेनेटरी ल्याण्ड फिल्ड योजना ?

मुक्ति पौडेल

मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं ८ को सेनेटरी ल्याण्ड फिल्ड योजना स्थगन भएसँगै ५०लाख रुपैयाँ अलपत्रको अवस्थामा परेको छ ।

बायोग्याँस प्लाण्ट, फोहोर प्रसोधन केन्द्र, कम्पोष्ट मल उत्पादन तथा फोहोर ब्यवस्थापन लगायतका उदेश्य सहित मेचीनगर ८को १६ बिघाह जग्गा क्षेत्रफलमा निमाणर् गर्ने भनिएको यो योजनाका लागि ठेकेदार कम्पनीसँग संझौता बमोजिम दिइएको ५० लाख अलपत्र परेको हो । स्थानीयको बिरोधका कारण योजना स्थगन भएको बुझिएको छ । ल्याण्ड फिल्ड योजना सम्पन्न गर्नका लागि २०७७ सालमा पर्खाल, शौचालय, सडक र कार्यालयका लागि शान्ति उदेश्य जेवी कम्पनीसँग गरिएको संझौता अनुसार सो कम्पनीलाई मेचीनगर नगरपालिकाबाट ५० लाख भुक्तानी गरिएको थियो । संघीय बजेट अन्तरगत निमाणर् हुन लागेको यो योजना मेचीनगर नगरपालिका मार्फत भुक्तानी भएको थियो ।२०७७साल असार ३१गते कम्पनीसँग संझौता गरेर नगरपालिकाले भुक्तानी गरेको थियो ।

३ करोडमा ठेक्का संझौता भएको योजना स्थानीयकै बिरोधका कारण अनुकुल अवस्था नभएकाले काम गर्न नसकेको ठेकेदार कम्पनीको दावी रहेको छ । कम्पनी र नगरपालिकाबीच संझौता भएको र संझौता अनुसार कम्पनी काम गर्न तयार रहेकोमा काम गर्ने वातावरण नभएकाले संझौताम उल्लेख भएका कार्यहरु गर्ने अवस्था नभएको कम्पनीको दावी छ ।

मेचीनगर-८ मा रहेको विद्योदय प्राबि र आदर्श माबिको १६ बिघाह क्षेत्रफलमा ल्याण्ड फिल्ड योजना निमाणर् गर्नका लागि बिध्यालयसँग समेत संझौता भएको बुझिएको छ । योजनाका विषयमा वडा नं ८ का वडाध्यक्ष गिरीराज धमलाले दुःख व्यक्त गर्दै भने-‘ आपसी समझदारीका साथ योजना सम्पन्न भएको भए वडाको विकासमा महत्वपूणर् योगदान हुने थियो, यो योजनाले राम्रो नै गर्ने थियो यसबाट कसैलाई घाटा हुने थिएन’ । ल्याण्ड फिल्ड साइड र प्रसोधन केन्द्रका बारेमा जानकारी गराउन नगरपालिकाले स्थानीयलाई अवलोकन भ्रमण पनि गराएको स्थानीय कुमार गिरी बताउँछन् । गिरी भन्छन— हामीले अवलोकन भ्रमणमा देखे जस्तै गर्ने हो भने यो एकदमनै राम्रो छ । स्थानीयले रोजगारी पनि पाउने र फोहरको ब्यस्थापन पनि हुने उनको भनाई छ ।

२०७९ फाल्गुन १२, शुक्रबार प्रकाशित 1 Minute 773 Views

ताजा समाचार