२०८१ बैशाख ८ शनिबार

बिर्तामोड महोत्सवमा औषधि व्यवसायी संघ झापाद्वारा मास्क वितरण

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव समितिलाई नेपाल औषधि व्यवसायी संघ जिल्ला समितिले फेस मास्क वितरण गरेको छ ।
महोत्सवमा अवलोकनर्ता र कार्यरत स्वयम्‌सेवकलाई वितरण गर्ने गरि औषधि व्यवसायी संघले ५ हजार थान मास्क आज वितरण गरेको हो ।

औषधि व्यवसायी संघका पदाधिकारीहरू प्रलाद ढुंगाना, प्रदिप खरेल, महासचिव जीवनकुमार खड्कालगायतले महोत्सव आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महोत्सव संयोजक राजु न्यौपानेलाई मास्क हस्तान्तरण गरेका थिए ।

त्यस्तै यसै महोत्सव बीच वीरता जेसीजले पनि महोत्सव स्थलमा निशुल्क मास्क वितरण गरेको थियो । 

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार