२०८१ बैशाख १२ बुधबार

सरकारद्वारा कोरोना भाइरसबिरुद्धको खोपको अतिरिक्त मात्रा ‘बुस्टर डोज’ लगाउने तयारी

सरकारले कोरोना भाइरसबिरुद्धको खोपको अतिरिक्त मात्रा ‘बुस्टर डोज’ लगाउने भएको छ । ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई १५ लाख मात्रा बुस्टर डोज दिन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।

नागरिकले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । बिहीबारबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरु गरिएको छ । सोमवार कोरोना भाइरस संक्रममणबिरुद्धको बुस्टर डोजका लागि थप खोप नेपाल आएको थियो । नेपालमा आएको कोरोनाबिरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसावले प्रयोग गर्न मिल्ने बताइएको छ ।

 

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 197 Views

ताजा समाचार