२०८१ बैशाख १५ शनिबार

नेपाली श्रमिकलाई बाइक राइडर र ट्याक्सी चालक पेशामा संयुक्त अरब इमिरेट्स यूएइ र कतार जान रोक

नेपाली श्रमिकलाई बाइक राइडर र ट्याक्सी चालक पेशामा संयुक्त अरब इमिरेट्स यूएइ र कतार जान रोक लगाइएको छ । पछिल्लो समय यूएई र कतारमा यी पेशामा गएका श्रमिकहरु समस्यामा पर्ने क्रम बढेसँगै पूर्व श्रम स्वीकृतिमा रोक लगाइएको हो ।

पछिल्लो समय वैदेशिक रोजगार नेपाली युवाको लागि बाध्यता नै बनेको छ । चालु आर्थिक वर्ष २०७९-८० को ७ महिनामा ५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा पुगेका छन् । नेपाली युवाहरुको वैदेशिक रोजगारीको गन्तव्यमध्ये खाडी मुलुक कतार र युएई पनि मुख्य हुन् । सन् २०२२ को जनवरी देखि २०२३ को फे्रबुअरीसम्म १ लाख ३८ हजार २ सय ३९ वैदेशिक रोजगारीको लागि युएई पुगेका छन् । त्यस्तै कतार जानेको सँख्या १ लाख ७४ हजार ९ सय ५९ रहेको छ । अन्य देशमा बाइक राइडर र ट्रयाक्सी चालकको रुपमा नेपाली श्रमिक जाने व्यवस्था नभएपनि कतार युएईमा भने जाने गरेका थिए । तर पछिल्लो समय यी पेशामा जाने श्रमिकहरु समस्यामा पर्ने क्रम बढेसँगै वैदेशिक रोजगार विभागले पूर्व श्रमस्वीकृतिमा रोक लगाएको छ ।

श्रमिकले स्वीकृति माग पत्र बजोमिजको न्युनतम तलब नपाएको ,चालक अनुमतिपत्र लिन कठिन भएको र लामो समय कामविहिन भई बस्नुपरेको लगायतका उजुरी बढेका छन् । चालु आर्थिक वर्षको ७ महिनामा समस्यामा परी फकर्ने बाइक राइडर र ट्रयाक्सी चालकको संख्या ४ सयको हाराहारीमा रहेको वैदेशिक रोजगार विभागको भनाइ छ ।

कतार यूएई त प्रतिनिधि मुलुक मात्र हुन् । वैदेशिक रोजगारीको लागि अन्य मुलुक जानेहरुले पनि सीप र ज्ञानको अभावमा समस्या झेल्दैँ आएका छन । विभागका अनुसार माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । तिमध्ये नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । तिमध्ये १२ हजार ७ सय ४ जनाले कतार, ९ हजार ७ सय ७० जनाले युएई लागि स्वीकृति लिएका छन ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 183 Views

ताजा समाचार