२०८१ बैशाख १४ शुक्रबार

मेचीनगर नगरपालिका : हात्तिपाइले रोगबिरुद्ध औषधि सेवन अभियान सुरु

मेचीनगर । मेचीनगर नगरपालिकामा फागुन ११ गतेदेखि हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । बिहिबारदेखि १० दिनसम्मका लागि मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सुरु भएको हो ।

मेचीनगरको पन्द्रवटै वडाबाट आजबाट हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान एकैसाथ सञ्चालन गरिएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।

मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारबढीलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनले बताईन् ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 0 Minutes 234 Views

ताजा समाचार