२०८१ बैशाख १५ शनिबार

नेपाल र नेपाली जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति अघि बढाउनुपर्ने राष्ट्रपतिको भनाई

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी छिन । नेपाल विश्व सम्बन्ध परिषद्को ७५ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्नका लागि मुलुकको हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी हुन । बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा छलफल गर्न जरुरी रहेको धारणा राखिन । भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको संकटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरि लगानी भित्राउन पहल गर्नुपर्ने समेत बताइन् ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 0 Minutes 212 Views

ताजा समाचार