२०८१ बैशाख १४ शुक्रबार

फुटको संघारमा गठबन्धन,नयाँ सहमतिको खोजी

 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अन्तिम प्रयासमा जुटेका छन । शनिवार राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता हुनुअघि चुनावअघिको गठबन्धनमा आबद्ध दलहरुविच सत्ता साझेदारी लगायतका विषयमा नयाँ सहमति जुटने दाबी नेताको छ ।

सत्ता साझेदार दल नेकपा एमालेसँगको सहकार्य लगभग सकिएको निस्कर्ष सहित नेकपा माओवादी चुनावको समयमा कायम रहेको गठबन्धन व्युताउने प्रयासमा लागेको छ । माओवादीले पूरानो गठबन्धन व्यूताउने प्रस्तावलाई राष्ट्रपति आफूले पाउने सर्तमा सहयोग गर्न कांग्रेस पनि तयार देखिएको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई समेत विश्वासमा लिएर पुरानो गठबन्धन व्यूताउनका लागि बिहीबार दिनभर जस्तो दलहरुले छलफल गरेका छन ।

नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सम्मानजनक र न्यायोचित स्थान पाउने बताइएको छ । त्यसका लागि केही समय अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने गरि छलफल भैरहेको छ । चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो । त्यसैलाई पुन व्युताउने गरि केही दिनदेखि दलका नेताहरु छलफलमा सक्रिय छन । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी ओलीले आफ्नो अनुकुलता मात्रै खोजी रहेकाले वर्तमान सत्ता गठबन्धन टुटने अवस्थामा पुगेको विश्लेषकको भनाइ छ ।

एक सातामा एक दर्जन भन्दा बढी पटक प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली विचमा भएका भेट निस्कर्षमा पुग्न नसकेपछि माओवादी र कांग्रेस नजिकिएका हुन । माओवादी अध्यक्ष दाहालको पाँच बर्ष सरकार चलाउने इच्छा र कांग्रेसको राष्ट्रपति आफुले पाउनुपर्ने स्वार्थ मिलेपछि दुई दलविच नयाँ गठबन्धनको आधार तय भएको हो । सभामुख एमालेका देवराज घिमिरे निर्वाचित भैसकेको अवस्थामा राष्ट्रपति पनि दिदा भविश्यमा समस्या आउनसक्ने आंकलन सहित दाहाल कांग्रेससंँग नजिकिएको विश्लेषकको भनाइ छ ।

माओवादी नयाँ गठबन्धन बनाउन जुटेपछि एमाले अध्यक्ष ओली भने एकीकृत समाजवादीलाई फकाएर पार्टी एकता गर्ने प्रयासमा लागेका छन । उनले समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको अफर गर्दै एकताको प्रस्ताव पनि गरिसकेका छन । विगतमा धोका पाएका नेपाल भने तत्कालै एमालेको आश्वासन भन्दा विगतमा गठबन्धनकै रहेका दलसँग समझदारी बनाउन भेटघाटमा व्यस्त देखिएका छन ।

 

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 268 Views

ताजा समाचार