२०८१ बैशाख १४ शुक्रबार

श्रीलंकामा हुने यू–१९ क्रिकेट विश्वकपको छनोट खेल्न नेपाली टिम युएई प्रस्थान

सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ क्रिकेट विश्वकपको छनोट खेल्न नेपाली टिम आज युएई प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ क्यानले आज नै राष्ट्रिय खेलकुद परिषद्मा छनोट खेलमा भाग लिने पुरुष क्रिकेट टोलीको विदाई गरेको थियो । विदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान देव खनाल र खेलाडी अर्जुन कुमालले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महत्वपूर्ण रहेको र सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजनामा टोली रहेको बताए ।

एशिया छनोट फागुन १२ देखि युएईमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सिधै छनोट हुने मौका पाउनेछ । यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग छनोट टोलीले विश्वकप यु–१९ प्रतियोगिता खेल्नेछ ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 221 Views

ताजा समाचार