२०८१ बैशाख १४ शुक्रबार

उत्तर कोरियाले यसकारण झेल्दै छ खाद्य सङ्कट

उत्तर कोरियाले चरम खाद्य सङ्कट बेहोरिरहेको विज्ञहरूले औँल्याएका छन् । त्यहाँ यस्तो खालको सङ्कट उत्पन्न भएको पहिलो पटक नभएपनि सीमामा गरिने कडाइ, खराब मौसम र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पछिल्लो समय स्थिति झनै बिग्रिएको हो ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियामा खाद्यान्न अभाव भएको जानकारी दिएको छ । राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीलाई सहयोग गर्न आग्रह गरिएको छ । दक्षिण कोरियाली निकायहरूबाट सङ्कलित स्याटलाइट तस्बिरहरूले उत्तर कोरियामा सन् २०२१ मा भन्दा सन् २०२२ मा १.८० लाख टन कम खाद्यान्न उत्पादन भएको संकेत गरेका छन् । गत जुनमा खडेरी र बाढीजस्ता चरम मौसमी अवस्थाले जाडो र वसन्तयामका बालीको उत्पादन घटेको छ । जसका कारण खाद्यान्नको मूल्य वृद्धि भएको छ ।

उत्तर कोरियाका मानिसहरु सस्तो विकल्पतिर लागेको बताइएको छ । तर माग वृद्धि भएसँगै मुल्य झन वृद्धि हुदै गएको छ । हाल एक किलो मकैको मूल्य झन्डै ३,४०० स्थानीय मुद्रा अर्थात् ३.८० डलर पुगेको छ । खराब मौसमका कारण भएको खडेरी, सीमामा गरिने कडाइ खाद्यान्नको चरम अभावको मुलकारण भएको बताइएको छ । उत्तर कोरीयामा दोस्रो सबैभन्दा खराब खडेरि परेको बताइएको छ । सन् २०२२ जनवरी देखि सिमामा व्यापार र यातायातमा पनि कडाइ गरिएको छ ।

सीमामा लागु प्रतिबन्धका कारण देश बाहिरका संगठनलाइ सहयोग पठाउन गाहे हुनेगरेको छ । उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायले प्रदान गर्ने मानवीय सहायता पनि घटेको छ । मानवीय सहायतासम्बन्धी मामिलाको समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालयबाट गत वर्ष उत्तर कोरियाले अन्तर्राष्ट्रिय संस्थाहरू र अन्य सहायता निकायबाट २३ लाख अमेरीकी डलर मात्र प्राप्त गरेको छ ।

योे सहायता सन् २०२१ मा प्राप्त गरेको १ करोड ४० लाख अमेरीकी डलर भन्दा १ करोड १७ लाख अमेरीकी डलर कम हो । उत्तर कोरियामा सन् १९९० को दशकको मध्यदेखि अन्त्यसम्म ठूलो अनिकाल परेको थियो । त्यस बेला ६ लाखदेखि १० लाख जनाको मृत्यु भएको बताइन्छ । सन् १९९० को दशकको जस्तो अनिकाल पर्ने स्थिति अहिले नभएपनि त्यो सीमा निकै कमजोर हुदै गएको छ ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 203 Views

ताजा समाचार