२०८१ बैशाख १३ बिहीबार

पूर्व राजाको सांसदहरुले गरे आलोचना

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको अभिव्यक्तिको सांसदहरुले आलोचना गरेका छन । आजको प्रतिनधि सभा बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वराजाको अभिव्यक्तिवारे सरकारको जवाफ मागेका हुन । उनले पूर्वराजाको अभिव्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने किसिमको भएको बताए ।

शाहले झापाबाट एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंको नेतृत्वमा गर्न लागेको अभियानको पनि ज्वालाले आपत्ति जनाए । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले अहिलेको व्यवस्थाभन्दा पनि पहिलेको निर्दलीय पञ्चायत कालमा राम्रो अवस्था थियो भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

जसपा नेपाल कि सांसद सुशीला श्रेष्ठले पूर्वराष्ट्राध्यक्षको रूपमा सम्मान दिइरहेको व्यक्तिबाट व्यवस्थाविरुद्ध अभिव्यक्ति आउनु गम्भीर भएको बताइन ।श्रेष्ठ बोलिसकेपछि सरकारमा रहेको राप्रपाका सांसद धवलशमशेर जबराले ज्ञानेन्द्र शाहको अभिव्यक्ति सही भएको र आलोचना हुन नहुने भन्दै आपत्ति जनाए ।

लगत्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले राप्रपाका जबराको अभिव्यक्तिप्रति आपत्ति जनाउन खोजेपनि सभामुखले समय दिएनन ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 550 Views

ताजा समाचार