२०८१ बैशाख १४ शुक्रबार

बाजुरामा पुन भुकम्प

बाजुरामा आज दिउँसो पाँच दशमलव दुई म्याग्निच्यूटको भुकम्प गएको छ । एक बजेर ४६ मिनेटमा हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर भुकम्प जाँदा केही घर र सरकारी संरचनामा क्षति पुगेको छ । भुकम्पवाट स्वास्थ्य चौकी भवन भत्किएका छन भने एक बिद्यालय भवन पुर्ण रुपमा क्षति भएको छ ।

बिच्छ्या स्वास्थ्य चौकी र रुगीन स्वास्थ्य चाकीका भवनमा क्षति पुगेको हो भने हिमाली गाउँपालिका वडा न १ मा रहेको इसीडी भवन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले जानकारी दिए । हालसम्म आठ वटा घरमा क्षति भएको जानकारी आएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको हो ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार