२०८१ बैशाख १४ शुक्रबार

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न सरकार गम्भिर :अर्थमन्त्री भनाइ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन । आज संसद भवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भिर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी दिएका हुन । मन्त्री पौडेलले लघुवित्तका कारण ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरिसकेको पनि बताए ।

मन्त्री पौडेलले सरकारका नीतिगत प्राथमिकता र न्युनत साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको पनि बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको जानकारी पनि दिए । राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 212 Views

ताजा समाचार