२०८१ बैशाख ८ शनिबार

नेपाली कांग्रेसद्वारा राष्ट्रपतिमा उम्मेदवारी दिन दलहरुसँग छलफल सुरु

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन दलहरुसँग छलफल सुरु गरेको छ । बिहीबार केन्द्रीय कार्य सम्पादन समिति बैठकवाट उम्मेदवार तय गर्न लागेको कांग्रेसले आज तीन दलका नेतासँग छुट्टाछुट्टै बैठक गरेको छ । कांग्रेसले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका नेतासँग छुट्टाछुट्टै छलफल गरेको हो ।

नेपाली कांग्रेसका सभापति देउवा, महामन्त्री गगन थापा लगायतका नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भावी राष्ट्रपतिको उम्मेदवारबारे छलफल गरेका हुन । कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी गरेको छ ।

तीन दलसँग भएको भेटमा लोसपाले आफैलाई सहयोग गर्न आग्रह गरेको छ । जसपाले आफुलाई उपराष्ट्रपति दिनुपर्ने अडान राखेको छ । नेकपा एकीकृत समाजवादीले भने यसअघि गठबन्धनमा रहेका एमाले बाहेकका दलवाट सर्वसम्मत उम्मेदवार चयन गर्नुपर्ने बताएको छ । राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्न तीन दिन मात्रै बाँकी भएपनि दलहरुले नाम टुंगो लगाउन सकेका छैनन ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार