२०८१ बैशाख ८ शनिबार

४० हजारबाट १ करोडसम्म यसरी पुगे डिल्लीराज, भन्छन्- ‘यो मेरो मुस्कानले नै भन्छ म खुशी र सफल छु भनेर’

मुक्ति पौडेल
मेचीनगर । मेचीनगर नगरपालिका-९ का डिल्लीराज उप्रेतीले चालिस हजारबाट शुरु गरेको आफ्नो कृषिकर्मको लगानी अहिले एक करोड माथि पुगेको छ ।

२०६९ सालमा उप्रेतीले डि एण्ड डि वायोप्लान्टेड नामको फर्म दर्ता गरेर फूलको नर्सरी शुरु गरेका थिए । चालिस हजारको लगानीबाट यो क्षेत्रमा यात्रा गरेका डिल्लीराजको निरन्तर मेहेनत र लगनकै कारण भन्नु पर्छ उनको नर्सरीबाट उत्पादन भएका विभिन्न जातका फूलका बेर्नाहरु अहिले काठमाडौ र धनगढी सम्मका नर्सरीमा जाने गरेको उप्रेती बताउँछन् ।

मासिक पाँच लाखसम्मको आर्थीक कारोबार हुने उनको यो नर्सरीमा अहिले दैनिक पाँच जना कामदारले रोजगारीसमेत पाएकाछन् । फूल नर्सरीबाट उत्साहित भएका उप्रेतीले यसका अलवा तरकारी खेतीसमेत गर्ने गरेको उनी बताउँछन् । फूल नर्सरी र तरकारी खेतीबाट आफु सन्तुष्ट भएको उनको भनाई छ ।

मेचीनगर-९ मा उनको फूलको नर्सरी रहेको छ भने बिर्तामोडमा करिब ७ बिघाहामा उनले तरकारी खेती समेत गरेकाछन् । आफ्नो कामप्रति ईमानदारीका साथ लागे त्यसको परिणामबाट सन्तुष्ट हुन सकिने उनको भनाई छ ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 1 Minute 846 Views

ताजा समाचार