२०८३ जेष्ठ २१ बिहीबार

नेकपा एस निकट कर्मचारी संगठनको अध्यक्षमा कट्टेल चयन

झापा, ९ फागुन । नेकपा (एकीकत समाजवादी ) निकट एकीकृत सरकारी कर्मचारीको संगठनको झापाकाे अध्यक्षमा निरोज कट्टेल चयन भएका छन् ।

झापाकाे विर्तामोडमा सम्पन्न भएकाे प्रथम जिल्ला अधिवेशनले अध्यक्षमा कट्टेल चयन भएका हुन् ।

पेेशागत महासंघ नेपालका प्रदेश नम्बर १ का अध्यक्ष हिक्मत बस्नेतको प्रमुख आतिथ्यमा भएको अधिवेशनले संगठनको उपाध्यक्षद्वाेयमा प्रतिक्षा शाह र बेनु सुवेदी, सचिबमा पोषराज पोखरेल, सह-सचिबमा ईश्वर पोखरेल, काेषाध्यक्षमा बिनाेदप्रसाद न्याैपाने चयन भएका छन ।

अधिवेशनले सदस्यहरुमा रोहित महत, राम नारायण शर्मा , विकाश ढकाल, राजेश घिमिरे, टिका भट्टराईलाई चयन गरेकाे छ ।

पेशागत महासंघ झापाका अध्यक्ष पुन्य प्रसाद अर्यालकाे अध्यक्षतामा भएको अधिवेशनमा समाजवादी पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनकी उपमहासचिव शुभद्रा भट्टराई, प्रगतिशील शिक्षक संगठनका केन्द्रीय सदस्य भिम दाहाल, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य प्रकाश राई, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष तिर्थ सिग्देललगायतकाे आतिथ्यता रहेकाे थियाे ।

एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला अध्यक्ष निराेज कटेलले सञ्चालन गरेको भेलामा स्वागत प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका झापाका अध्यक्ष ज्ञानेन्द्र ढुँगानाले गरेका थिए ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 647 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।