२०८३ जेष्ठ २२ शुक्रबार

यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल चयन

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टिमको कप्तान देव खनाल चयन भएका छन् ।

यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

यु–१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्ये एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने  यु-१९ विश्वकप खेल्नेछ ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 415 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।