२०८१ बैशाख १४ शुक्रबार

नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतलाई इशा अवार्ड

नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन । आज बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले झन्डै १४ करोड रुपैयाँको पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरेका हुन ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक रुइतले अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । पुरस्कार वितरण कार्यक्रममा राजा खालिफाले डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताए ।

इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए । डा.रुइतले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताएका छन ।

झण्डै तीन दशक यता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत रुइतलाई पुरस्कृत गरिएको फाउण्डेशनले जनाएको छ । रुइतले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् । सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र मानवताका लागि सेवा गर्ने विश्वभरकै कोही व्यक्ति संस्थालाई प्रदान गरिँदै आएको छ ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 0 Minutes 322 Views

ताजा समाचार