२०८१ बैशाख १३ बिहीबार

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाद्वारा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव

 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बालुवाटारमा भेट गदै सो पार्टीका नेताहरुले ठाकुरलाई राष्ट्रपति बनाउन माग गरेका हुन । प्रधानमन्त्री दाहाललाई लोसपा नेताहरुले राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि ठाकुर उपयुक्त उम्मेदवार रहेको भेटमा बताएका छन ।

प्रधानमन्त्री दाहालले प्रस्तावमा आफू सकरात्मक रहेको भन्दै दलहरुसँग छलफल गरेर निस्कर्षमा पुग्ने आश्वासन दिएका छन । प्रधानमन्त्री दाहाल भेटन पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका थिए । लोसपाले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने तयारी गरेको छ ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 189 Views

ताजा समाचार