२०८१ बैशाख १४ शुक्रबार

झापाको बिर्तामोडमा एक पुरुषले गरे आत्मदाहको प्रयास

झापा – झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ ।

उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले बताए । ति पुरुष जलिरहेको अवस्थामा उद्धार गरिएको थियो ।
उनको ढाडको भाग जलेको छ। आत्मदाह किन गर्न खोजे भन्ने कारण खुल्न सकेको छैन ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 0 Minutes 227 Views

ताजा समाचार