२०८३ जेष्ठ २१ बिहीबार

कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा मात्रै राष्ट्रिय सहमति हुने :शेखर कोईराला

 

नेपाली कांग्रेसका नेता शेखर कोईरालाले कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा मात्रै राष्ट्रिय सहमति हुने बताएका छन । आज सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै उनले काँग्रेसकोतर्फबाट रामचन्द्र पौडेल, कृष्ण सिटौलाहरुको नाम चर्चामा रहेको तर आफु भने उम्मेद्वार नहुने बताएका हुन । नेता कोईरालाले राष्ट्रपतिको उम्मेदवार दल भन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई काँग्रेसले अघि सार्नु पर्ने कुरामा जोड समेत दिए ।

नेता कोइरालाले कांग्रेसले अघि सारेका उम्मेदबारलाई माओवादी केन्द्र लगायतका दलले पनि समर्थन गर्ने विश्वास प्रकट गरे । विगतमा राष्ट्रपतिका कार्यशैलीले विवाद आएकाले अव सबैलाई समेटने किसिमको मान्छे लैजानुपर्ने कोइरालको भनाइ छ ।

 

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।