२०८३ जेष्ठ २१ बिहीबार

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस मनाउने परम्परा सुरू भएको हो ।

यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रूपमा मातृभाषाको संरक्षणका लागिसंयुक्त राष्ट्र सङ्घको आह्वानमा जागरण स्वरूप मनाइएको थियो । नेपालमा बोलिने भाषाहरु १३१ वटा छन् ।

यसरी सबै भाषा रक्षा र संवद्र्धनमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 0 Minutes 540 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।