२०८३ जेष्ठ २१ बिहीबार

विविध कार्यक्रम गरेर मनायो तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले २० औँ वार्षिकोत्सव

मेचीनगर । काँकरभिट्टास्थित तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी रहेका थिए भने अतिथिमा  तारापुञ्ज फाउण्डेसन प्रालिका अध्यक्ष दीपकप्रसाद पोखरेल रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विध्यालयकी छात्रा दक्षिणा बस्नेतले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन छात्र असिम पोखरेलले गरेका थिए । नृत्य, गायन तथा विध्यालयका बिध्यार्थीहरुमा रहेको प्रतिभा सो अवसरमा प्रस्तुत गरिएको विध्यालयका प्रिन्सिपल ओमप्रकाश दाहालले बताए ।

२०७९ फाल्गुन ८, सोमबार प्रकाशित 0 Minutes 757 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।