२०८० फाल्गुन १९ शनिबार

भारतसँगका दुई मैत्रिपूर्ण खेल बराबरी खेलेको महिला राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

 

भारतसँगका दुई मैत्रिपूर्ण खेल खेलेर आईतवार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागि भएर नेपाली टोली आजस्वदेश फर्किएको हो । विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली टोलीका खेलाडीहरुले मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिएका छन ।

प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए ।

भारतसँगको पहिलो मैत्रीपुर्ण खेल दुई दुई गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो खेल गोल रहित बराबरीमा टुंगिएको थियो । एशियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 1 Minute 383 Views

ताजा समाचार