२०८१ बैशाख ११ मंगलवार

राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले असहयोग गर्ने कुरा कल्पना भन्दा बाहिर : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले असहयोग गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको स्पष्ट पारेका हुन । अध्यक्ष ओलीले अहिलेको समीकरण जन्मकुण्डलीमै लेखेर आएकाले राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने दाबी गरे ।

अध्यक्ष ओलीले एमालेको राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते नै तय हुने उल्लेख गरे । उनले दल र राजसंस्थाबीच सहकार्यबारे पूर्व राजाको प्रस्तावको कुनै अर्थ नरहेको पनि उल्लेख गरे ।ज्ञानेन्द्र शाह आफैं अलमलमा भएकाले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको ओलीको स्पष्टोक्ति थियो । उनले दुई चार जना वरपर देखेमा जोस्सिएर पूर्वराजा शाहले विज्ञप्ति दिने गरेको पनि बताए ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 275 Views

ताजा समाचार