२०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति निर्वाचनकालागी आयोगले तोक्यो निर्वाचन अधिकृत

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गरेको छ । यही फागुन २५ गते हुने निर्वाचनको लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई मतदानस्थल बनाइएको छ ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन ।

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ । दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन । प्रधानमन्त्री पुष्पकमल दाहाल पर उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेको छ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । एमालेले भने गठबन्धनको सहमति अनुसार आफुले राष्ट्रपति पाउनुपर्ने अडान राख्दै आएको छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 231 Views

ताजा समाचार