२०८० फाल्गुन २१ सोमबार

भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता डा. चन्द्र भण्डारीलाई होस आयो

 

भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा सांसद डा. चन्द्र भण्डारी होसमा आएका छन् । गत बुधबार घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएको भण्डारीको होस आएको हो । चिकित्सकहरूको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 1 Minute 192 Views

ताजा समाचार