२०८१ बैशाख १३ बिहीबार

अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले आफुले अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ‘आईसीबीएम’को सफल परीक्षण गरेको जनाएको छ । शनिबार परीक्षण गरिएको क्षेप्यास्त्र ६७ मिनेटसम्म उडेपछि नौ सय भन्दा धेरै किलोमिटर पर ’सी अफ जापान’मा खसालिएको प्योङयाङले आज जनाएको हो । क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन ।

शुक्रवार मात्रै उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो । जसमा एक दर्जनभन्दा बढी संख्यामा आईसीबीएमहरू समावेश गरिएको थियो । अमेरिका र दक्षिण कोरियाविच सैन्य अभ्यासको तयारी भैरहेको समयमा उत्तरले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दुई देशका सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएको हो । उत्तर कोरियाले सोल र बासिङटनले गर्ने कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिदै आएको छ ।

हिजो मात्रै उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो–जोङले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा र भयानक जवाफ दिने बताएकी छिन । उत्तरले अमेरिकालाई उत्तर कोरियाली शासनलाई खतरामा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गर्दै आएको छ ।

 

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 1 Minute 333 Views

ताजा समाचार