२०८१ बैशाख ४ मंगलवार

मेचीनगर : जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको बताए । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने बताए ।

सरकारले केहि महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरीएको छ ।

जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् । यसैका आधारमा रहेर नगरका १५ वटा वडामा जग्गा वर्गीकरण गरिने नगर प्रमुख बुढाथोकीले बताए ।

शनिवार नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् का अध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गा वर्गीकरणका कार्य अन्तिम भरणमा पुगेको जानकारी गराइएको हो । कार्यक्रममा नगर प्रमुख वुढाथोकीले अबको एक हप्ता भित्रमा जग्गा वर्गीकरणसहीतको मेचीनगरको नयाँ नक्सा जारी गरिने बताए ।

कार्यक्रममा नगर उपप्रमुख मीना प्रोखरल, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बडाअध्यक्ष, कार्यपालिका सदस्य, नापी अधिकृत गिरिजा पोखरेल, वुद्ध लामा, मालपोत कार्यालयका कमल पनेरु, ज्ञानेन्द्र भण्डारी, राजनैतिक दलका प्रमुखको अपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बरिष्ठ प्रशासकीय अधिकुत अन्नत वस्तीले गरेका थिए ।

२०७९ फाल्गुन ६, शनिबार प्रकाशित 0 Minutes 496 Views

ताजा समाचार