२०८१ बैशाख १४ शुक्रबार

रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगरलाई दियो व्हिलचियर

मेचीनगर, फागुन ६ । रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई एक सय थान व्हिलचियर हस्तान्तरण गरेको छ । शनिबार नगर परिषरमा एक कार्यक्रमका बिच क्लबले उक्त व्हिलचियर नगरपालिकालाई उपलब्ध गराएको हो ।

क्लबको १३ औँ स्थापना दिवसको अवुरमा नगर क्षेत्रका अपांगता भएका व्यक्तिहलाई लक्षित गर्दै व्हिलचियर उपलब्ध गराएको क्लबका अध्यक्ष सुजन प्रधानले बताए ।

‘हामीले यसअघि पनि यस्ता विभिन्न सामाजीक कार्यहरु गरेका छौँ, यसपटक अझ बृहत रुपमा नगरलाई व्हिलचियर उपलब्ध गराएका हौं’ । उनले भने ‘नगरपालिकाले छिट्टै कार्यविधि बनाएर यस व्हिलचियर वितरण गर्ने हामीले अपेक्षा गरेका छौँ ।’

रोटरी क्लब अफ काँकरभिट्टा स्थानीय स्तरमा विभिन्न सामाजीक कार्य गर्ने संस्थाका रुपमा परिचित छ । क्लबले विभिन्न सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानीको व्यवस्था, नगर क्षेत्रको स्वास्थ्य स्थितीको सुधारका निम्त्ति विभिन्न कार्यहरु गर्दै आएको छ ।

क्लबले मेचीनगर-६ स्थित मेची नदिमा मेची गंगा बृश्रामालय पनि निर्माण गरिरहेको छ । यस बर्ष पनि निर्माणधिन अवस्थामा रहेको उक्त बृश्रामालयलाई स्तरवृद्धि गर्न क्लब लागिरहेको अध्यक्ष प्रधानले बताए ।

नगर क्षेत्रका अपांगता भएका व्यक्तिहरुको सहजताका निम्त्ति व्हिलचियर उपलब्ध गराएकोमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्लबलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारी, विभिन्न वडाका वडाअध्यक्षहरु, रोटरीका सदस्यहरु तथा सञ्चारकर्र्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

२०७९ फाल्गुन ६, शनिबार प्रकाशित 1 Minute 441 Views

ताजा समाचार