२०८० आश्विन १४ आईतवार

आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भयो :ओली

 

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको बताएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल रुपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको बताएका हुन् । उनले विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिको षडयन्त्रबारे जनतालाई बुझाउन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले आगामी ४ वर्ष पछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको दाबी समेत गरे । ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको जिकीर समेत गरे ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 170 Views