२०८१ बैशाख १२ बुधबार

दाताको अपेक्षा जस्तो भएन आम्दा, खनाल भन्छन्- ‘अब मेचीनगर नगरपालिकाले आफ्नो स्वामित्वमा लिए हुन्थ्यो ’

मुक्ति पौडेल
मेचीनगर । अस्पताल संचालनमा आउने भएपछि यसै पनि खनाल परिवार खुशी भए, मेचीनगर-१० का आफ्ना स्वर्गीय अग्रजको स्मृतिमा अस्पताललाई जग्गा दान दिएकोमा दाता परिवारलाई कुनै दुःख लागेको छैन तर जस्तो अपेक्षाले दान गरिएको थियो सो अनुरुप नभएकोमा भने मन जति मन खुशी हुनुपर्ने त्यस्तो पनि भएको छैन ।

२०६५ सालमा तत्कालिन जापानका राजदूतले उद्घाटन गरेको आम्दा अस्पताल अहिले आम्दा मेची अस्पतालका नाममा परिर्वतन त भएको छ तर समग्र अस्पतालको सेवा सुविधामा भने खासै परिवर्तन भएको छैन ।

मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनाल

आफ्ना स्वर्गीय अग्रज रविरत्न खनालको स्मृतिमा दाता खनाल परिवारले दुई बिघाह जग्गा अस्पताललाई दान दिएका थिए तर क्रमशः अस्पतालको सेवा सुविधा लगायतमा परिवर्तन आउला भन्ने उनीहरुको अपेक्षा थियो त्यो पुरा नभएको दाता परिवारका सदस्य एव मेचीनगर १० वडा अध्यक्ष नारायण खनालले बताए । खनालका अनुसार दाता परिवारले भविष्यमा अस्पतालको सेवा सुविधा र अन्य क्षेत्रमा समेत थप होला भन्ने लागेको थियो त्यस्तो भएन । स्थानीय विकास नेपाल पनि अस्पतालको सेवा सुविधा थप हुनु पर्ने बताउँछन् ।

मेचीनगर क्षेत्रकै एक मात्र अस्पतालको सेवा सविधामा जसरी थप हुदै जानु पर्ने हो त्यो नभएको उनको भनाई छ । अस्पतालका प्रमुख डा पोषणरमण त्रिपाठी भने अस्पतालमा सबै प्रकारका सेवा सुविधा नभए पनि उद्देश्य अनुसार सेवा प्रवाह गरिरहेको बताउँछन् । त्रिपाठीका अनुसार मेचीनगर र आसपासका क्षेत्रका नागरिकलाई अस्पतालबाट उपलब्ध हुन सक्ने स्वास्थ्य सेवा नियमित दिइरहेको उनको भनाई छ ।

डा त्रिपाठी भन्छन्— ‘ त्रिपक्षीय वार्ताले पनि टुङ्गयाउन सकेको छैन’,स्थानीय भन्छन्— राम्रो भए हुन्थ्यो ।अस्पताल संचालनका लागि स्थानीय स्तरबाट मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघले आर्थीक सहयोग गर्ने गरेको बुझिएको छ । आम्दा मेची अस्पताल आईएनजिओको रुपमा यसको संचालन विधि र स्वामित्वसमेत रहेकाले समेत मेचीनगर नगरपालिकाले अस्पतालाई कानुनी प्रकृया पुरा गरेर नगरपालिकाको स्वामित्वमा ल्याएर संचालन गर्नुपर्ने एक थरिएको सुझाव छ ।

आम्दा मेची अस्पताल तत्कालिन अवस्थामा भुटानी शरणार्थीहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यमा आईएनजिओको रुपमा नेपालमा आएको थियो ।

अहिले पनि आम्दा मेची अस्पताल मेचीनगर नगरपालिकाले मानवीय स्वास्थ्य सेवाका लागि भनेर आर्थीक सहयोग गरिरहेको भए पनि यसको स्वामित्व आम्दा नेपालसँगै रहेको छ । नगर क्षेत्रमा संचालन भईरहेको आम्दा मेची अस्पताललाई थप सुविधा सम्पन्न बनाउन र यसको स्वामित्वका विषयमा समेत नगरपालिका छलफलमा लागि रहेको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । आम नागरिकलाई सर्व शुलभ रुपमा स्वास्थ्य सेवा प्रवाहका लागि कसरी अघि बढ्ने भन्ने विषयमा मेचीनगर नगरपालिका लागि रहेको बढाथोकी बताउँछन् ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 379 Views

ताजा समाचार