
मेचीनगर । मेचीनगर नगरपालिका–११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित
1 Minute
354 Views