२०८३ जेष्ठ २२ शुक्रबार

विश्व बैंकका प्रमुखले दिए राजीनामा

काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन् ।

आफ्नो कार्यकाल पूरा हुनुअघि डेभिडले राजीनामा दिएका हुन्।  डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा उनी विश्व बैंकको प्रमुख बनेका थिए।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए। जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन्।

६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु। सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो।’

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 0 Minutes 415 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।