२०८१ बैशाख ८ शनिबार

झापा मेचीनगरको सार्वजनिक स्थलको समस्याः पटक पटक नाम परिर्वतन भयो तर काम जस्ताको तस्तै

मुक्ति पौडेल
मेचीनगर । सार्वजनिक स्थल अर्थात सार्वजनिक जग्गाको स्वामित्वको समस्या झापा मेचीनगरको काँकरभिट्टा क्षेत्रमा अहिले पनि उस्तै छ । यहाँका सार्वजनिक जग्गालाई व्यवस्थित गर्नका लागि गठन भएको पुनर्रवास कम्पनीबाट बस्ती विकास कम्पनी, ग्रामीण आवास कम्पनीहुदै अहिले राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको सार्वजनिक जग्गाको ब्यवस्थापनले अहिले सम्म पनि पूर्णता पाएको छैन । मेचीनगरको काँकरभिट्टा क्षेत्रमा रहेको करिब दश बिघाह भन्दा धेरै जग्गाको स्वामित्व ग्रहणको ब्यवस्थापन हुन नसकेको हो । राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको जग्गा अहिले विभिन्न व्यक्ति , सार्वजनिक स्थल र संघ संस्थाहरुले लामो समयदेखि उपयोग र भोगचलन गर्दै आएको भएपनि उनीहरुको स्वामित्वमा जान सकेको छैन । प्राप्त जानकारी अनुसार २०४९ सालमा मन्त्रीपरिषद्को निणर्यबाट काँकरभिट्टा क्षेत्र र यसका आसपासका क्षेत्रमा रहेको सार्वजनिक जग्गालाई

ब्यवस्थापन तथा बिक्रि वितरणका लागि तत्कालिन पुनर्रबास कम्पनीलाई अधिकार दिइएको थियो ।मन्त्री परिष्दको निणर्यबाट यो अधिकार पुनर्रबास कम्पनीलाई दिएको भए पनि त्यो समयमा कम्पनी, स्थानीय तह र राजनीतिकदलका बीच उचित तालमेलका अभावका कारण यसको पूर्ण ब्यवस्थापन हुन नसकेको बुझिएको छ ।

मेचीनगर नगरपालिका क्षेत्रका सार्वजनिक, संघ संस्था र ब्यक्तिले भोग चलन गरेका जग्गाहरु नै अहिलेसम्म ब्यवस्थापन हुन नसकेका हुन् । यहाँका देवकोटा पार्क, पुष्पलाल बिपि वाटिका,मिनी मार्केट, बस पार्क , पुरानो सब्जी बजार, गोस खान, काँकरभिट्टा माबि, काँकरभिट्टा बहुमुखि क्याम्पस, खानेपानी, स्वास्थ्य चौकी, विश्वनाथ शिवालय धर्मशाला,बारुण यन्त्र, श्रीजंगाा, पुस्तकालय,भानु साहित्यिक प्रतिष्ठान लगायत र मानव बसोवास क्षेत्रमा रहेको भानु टोल र मेची डाँडा र नेपाल टेलिकम लगायतका जग्गाहरु स्वामित्व ग्रहण भएका छैनन् ।


अहिले सम्म किन यहाँको दशौँ बिघाह जग्गा अलपत्रको अवस्थामा छ भन्ने प्रश्नमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले यो समस्या समाधानका लागि समिति निमार्ण भएको र चाडो भन्दा चाडो समस्या समधानका सरोकारवालाहरु सँग छलफल गरेर अघि बढ्ने बताए । उनले तत्कालिन नगरप्रमुख देखि वर्तमान सांसद सम्मको समिति गठन भएको उनले बताए ।


तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरेले यो समस्या समाधानका लागि यथाशिघ्र सम्बन्धित पक्षबाट पहल गरिनु पर्ने बताउँदै सरोकारवाला पक्षबीच छलफल गरेर समस्याको समाधानका लागि आफुहरुलेसमेत पहल गरिरहेको घिमिरेले बताए ।

राष्ट्रिय आवास कम्पनी काँकरिभिट्टाका सुचना अधिकारी धर्मराज घिमिरेले अहिले सम्म स्वामित्व हस्तान्तरण हुन नसकिरहेको जग्गाहरु कम्पनीको नियमानुसार सबै पक्षसँग छलफल गरेर समस्याको समाधानका लागि पहल गरिने बताए ।

सम्बन्धित सरोकारवाला निकायहरुको सुस्त पनकै कारण यो समस्या लामो समयदेखि रही आएको स्थानीयको बुझाई रहेको छ ।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 0 Minutes 674 Views

ताजा समाचार