२०८१ बैशाख १४ शुक्रबार

भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार पुग्यो

गत हप्ता टर्की र सिरियामा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनिएको भूकम्पबाट प्रभावितहरुको राहत र उद्धार कार्य भने जारी रहेको छ । मौसम अत्यधिक चिसो हुँदा पनि मानिसहरू कडा चिसोमा खुला ठाउँमा बस्न बाध्य भएका छन ।

राहत र उद्धार कार्यमा सहयोग गर्न धेरै देशका टोली टर्कीमा सक्रिय छन । युएईले भूकम्प प्रभावित सिरियालाई थप ५ करोड डलर सहयोग गर्ने जनाएको छ । भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २ सय १२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबितै फेला पारेका छन ।

उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकाले पछि उनको परिवारले अँगालो हालेको भिडियो भाइरल भएको छ । काहरामानमारास सहरको भग्नावशेषमा २ सय २२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको छ ।

 

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 1 Minute 207 Views

ताजा समाचार