२०८३ जेष्ठ २२ शुक्रबार

हिमपहिरोमा परी १० जनाको मृत्यु

ताजिकिस्तानमा आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपन व्यवस्थापन सेवाले जनाएको हो । त्यसैगरी, विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिमपहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ ।

यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन । पूर्व सोभियत संघको सबैभन्दा गरिब राष्ट्रमध्येको एक ताजिकिस्तानले नियमित रूपमा पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपको सामना गर्दै आएको छ ।।

 

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 1 Minute 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।