२०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

 

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दुई नेताबीच भेट भएको हो । दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा कुराकानी भएको बुझिएको छ । माओवादी केन्द्रले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।

एमाले पूर्व सहमति अनुसार आफुले सो पद पाउनुपर्ने अडानमा छ । राष्ट्रपतिकै कारण दुई दलविच पछिल्लो समय दूरी बढेको छ । राष्ट्रपतिमा प्रतिपक्ष कांग्रेसले समेत आकांक्षा राख्दै आएको छ ।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 1 Minute 348 Views

ताजा समाचार